
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त आचार्यले सरकारले कोरोना नियन्त्रणका लागि गरेको प्रयास नदेख्नेहरूको संस्कारमा मोतियाबिन्दु लागेको अनुभूति आफूले गरेको टिप्पणी गरेका छन् ।
सोमवार एक कार्यक्रममा बोल्दै मन्त्री ढकालले भने, ‘मलाई लाग्छ सरकारको सकारात्मक पक्ष नदेख्नुमा हाम्रो संस्कारमा कतै मोतियाबिन्दु लागेको छ कि जस्तो अनुभूति मैले गर्ने गरेको छु ।’
उनले सरकारले टर्च लाइट बालेर संक्रमित खोजेको र पत्ता लाग्नेबित्तिकै उपचारको व्यवस्था गरेको बताए ।
‘हामीले टर्च बालेर खोजेर पत्ता लाग्ने बित्तिकै उपचारको व्यवस्था गरेका छौं,’ उनले भने, ‘सीमित स्रोत र साधन भएको हाम्रो मुलुकमा हामीले निर्वाह गरेको यो भूमिका विदेशमा बस्ने विदेशीहरूले देखेका छन्, विदेशमा गएका नेपालीहरूले यसलाई देख्न सक्दैनन् ।’