
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्राइनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति माइक पेन्स संक्रमणको खतराभन्दा बाहिर रहेको ह्वाइट हाउसले उल्लेख गरेको छ।
ह्वाइट हाउसले वक्तव्य जारी गरी ‘रोबर्टमा कोरोनाको हल्का लक्षण देखा परेको र अहिले एकान्तमा रहेको’ बताएको छ। उनले इन्टरनेट र फोनको सहायताबाट काम गर्ने गरेका छन्।
ह्वाइट हाउसमा रहेका कर्मचारीको नियमित कोरोना परीक्षण हुने गरेको बीबीसीले उल्लेख गरेको छ।