०३ साउन २०८३, आइतबार

तपाईं एकदिनमा कति नुन खानुहुन्छ ?

साउन १२, २०७७
तपाईं एकदिनमा कति नुन खानुहुन्छ ?

अति भएपछि जेले पनि खति गर्छ। हामी नेपालीहरू स्वादे जिभ्रो हुने नाममा उपरीमाथि थुपरी नुन खान्छौं। नुनमा पाइने सोडियमले रक्तचाप बढाउँछ जसले मुटुरोग र हृदयघात निम्त्याउँछ।

त्यसैले विश्व स्वास्थ्य संगठनले सोडियमको मात्रा घटाउने सल्लाह दिएको छ। सन् २०१३ मा प्रकाशित नयाँ निर्देशिकाले दुई हजार एमजी वा पाँच ग्रामभन्दा कम नुन खान हुने बताएको छ। यो भनेको जम्मा एक चम्चा नुन हो।

नुनमा सोडियम र क्लोराइड दुवै पदार्थ पाइन्छ । नुनमा सोडियम ४० प्रतिशत हुन्छ । तर आजकलका मान्छेले जंक फूडहरू खाँदा असाध्यै धेरै नुन शरीरमा हुलिरहेका हुन्छन् ।

त्यसैले हामीले खानामा व्यापक परिवर्तन गर्नु जरूरी हुन्छ। हामीले खाने धेरैजसो तरकारीहरूमा आफैं सोडियम हुन्छ। त्यसमा नुन हालेर सोडियमको मात्रा बढाइरहनु आवश्यक छैन। पूरै अलिनो नै खाने सुझाव त होइन तर मधुरो मात्रामा नुन खाने सल्लाह चाहिँ सबै पोषणविद्ले दिन्छन्।

हुन त सोडियम शरीरलाई नभई नहुने पदार्थ हो। यसले शरीरमा पानीलाई बाँधेर राख्छ अनि कोषिकाहरूबीचका तरल पदार्थलाई सन्तुलनमा राख्छ।

यसले कोषिकाहरूको विद्युतीय गतिविधिलाई कायम राख्न पनि मद्दत गर्छ जसले गर्दा नसा, मांसपेशी र शरीरका अन्य अंगका गतिविधि सुसञ्चालन हुन्छन्।

तर यही सोडियम धेरै लिइयो भने रक्तचाप बढ्छ र मुटुलाई सबैतिर रगत पु-याउन अतिरिक्त मेहनत गर्नुपर्छ। उच्च रक्तचापले मुटुरोग, मृगौला रोग जस्ता जटिल बिमारीहरू निम्त्याउँछ।

बजारमा पाइने नुन समुद्रबाट निकालेर प्रशोधन गरिएको नुन हो। यो सेतो नुन त ह्वाइट प्वाइजन नै हो। यसको साटो सम्भव भएसम्म बीरे नुन खाने सल्लाह दिइन्छ।-एजेन्सीको सहयोगमाa

salt training

कमेन्ट गर्नुहोस्