०९ साउन २०८३, शनिबार

स्थायी कमिटी बैठक स्थगनपछि ओलीसँग छलफल गर्न प्रचण्ड बालुवाटारमा

स्थायी कमिटी बैठक स्थगनपछि ओलीसँग छलफल गर्न प्रचण्ड बालुवाटारमा

मंगलवार बिहान ११ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएपछि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल शुरू भएको छ । 

स्थायी कमिटीको बैठक स्थगित भएपछि ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेका हुन् ।

खुमलटारमा सोमवार भएको प्रचण्ड–माधव नेपाल समूहको छलफलमा स्थायी कमिटी बैठक नरोक्ने सहमति भएको थियो ।

ओली नआएपनि बहुमतका आधारमा निर्णय गरेर अगाडि बढ्ने निर्णय सो समूहले गरेको थियो । तर बिहान साढे १० बजे बालुवाटारबाट सूचनामार्फत बैठक स्थगित भएको जानकारी गराइएको थियो । 

सहमति जुटिनसकेकाले ओली समूह भने मंगलवारको बैठक स्थगित गरेर थप छलफल गर्नुपर्ने पक्षमा छ । 

असार १० गतेबाट शुरू स्थायी कमिटी बैठक पटक–पटक स्थगित हुँदै आएको छ । असार १८ गतेदेखि स्थगित बैठक साउन ६ गते केहीबेर बसेर आजसम्मका लागि स्थगित भएको थियो । 

साउन ६ गते बैठक स्थगित भएपछि ओली र प्रचण्डबीच एकपटक मात्र छलफल भएको छ ।

साउन ९ गते ओलीसँगको छलफलमा कुनै सहमति जुट्न नसकेपछि प्रचण्डले सोही दिन पार्टी समस्यामा रहेको बताएका थिए ।

ओली–प्रचण्ड भेटपछि मात्र बैठकको टुंगो लाग्नेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्