२७ असार २०८३, शनिबार

स्थायी कमिटी सदस्यहरूलाई कुराएर ओलीसँग भेट्दै प्रचण्ड–झलनाथ

स्थायी कमिटी सदस्यहरूलाई कुराएर ओलीसँग भेट्दै प्रचण्ड–झलनाथ

स्थायी कमिटी बैठकका लागि भनेर बालुवाटार पुगेका स्थायी कमिटी सदस्यहरूलाई बालुवाटारमा कुराएर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र झलनाथ खनाल प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका छन् ।

स्थायी कमिटी बैठकका लागि भन्दै प्रचण्ड–माधवकुमार नेपाल समूहका नेताहरू बालुवाटार पुगेका थिए । 

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले मंगलवारको स्थायी कमिटी बैठक स्थगित भएको जानकारी गराएका थिए । तर प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्यहरू बालुवाटार पुगेका छन् । 

सदस्यहरूलाई बैठक कक्षमा कुराएर प्रचण्ड र झलनाथ खनाल ओलीलाई भेट्न पुगेका हुन् । स्थायी कमिटी बैठक बस्ने नबस्ने अन्यौल छ । 

असार १० गते शुरू भई पटक–पटक स्थगित भएको नेकपा स्थायी कमिटी बैठक आजका लागि बोलाइएको थियो । 

नेकपा विवाद उत्कर्षमा पुगेको समयमा उपाध्यक्ष वामदेव गौतमले भने प्रतिनिधि सभाको बाँकी कार्यकालभरी केपी शर्मा ओली नै प्रधानमन्त्री रहने र तथा एकता महाधिवेशन नहुञ्जेल ओली अध्यक्ष पनि रहने गरी सहमतिको प्रस्ताव अगाडि सारेका छन् । 

पार्टीको विग्रह रोक्नका लागि भन्दै मंगलवार ६ बुँदे सहमतिको प्रस्ताव सार्वजनिक गर्दै गौतमले अहिले ओलीको राजीनामा माग गर्न नहुने बताएका हुन् । 

गौतमले पार्टीको महाधिवेशन नहुञ्जेल पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीको सम्पूर्ण कार्यकारी अधिकार रहने प्रस्ताव गरेका छन् ।

गौतमको यो प्रस्तावपछि नेकपाभित्र नयाँ तरंग ल्याएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्