०८ असार २०८३, सोमबार

मेगा बैंकले ल्यायो सस्तो ब्याजदरमा कर्जा सुविधा, २ दिनमै कर्जा स्वीकृत हुने

मेगा बैंकले ल्यायो सस्तो ब्याजदरमा कर्जा सुविधा, २ दिनमै कर्जा स्वीकृत हुने

मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई अत्यन्तै सस्तो ब्याजदरमा साना तथा मझौला कर्जा योजना ल्याएको छ । 

मेगा बैंकको दशौं वार्षिकोत्सवको अवसर पारेर ग्राहकहरुलाई ८.३२ ब्याजदरमै कर्जा दिने गरी बैंकले नयाँ योजना ल्याएको हो ।

अब साना तथा मझौला व्यवसायीहरुले एक करोडसम्मको कर्जा लिँदा ८.३२ ब्याजदरमै कर्जा पाउनेछन् । यो ब्याजदर एक वर्षसम्म नबढ्ने बैंकले जनाएको छ । 

आवश्यक सम्पूर्ण कागजातसहित निवेदन दिएको दुई दिनमै कर्जा स्वीकृति हुने ब्यवस्था मिलाइएको मेगा बैंकले जनाएको छ ।

मेगा बैंकका देशभर छरिएका २ सय ६ वटा शाखाबाट यो सुविधा पाइनेछ । 

salt training

कमेन्ट गर्नुहोस्