काठमाडौं– प्रहरी प्रधान कार्यालय नक्सालमा २७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
हिजो (सोमबार) ४ जना ड्राइभर र मेकानीक्समा कोरोना पुष्टि भएपछि आज फेरी २७ जनामा कोरोना संक्रमणको पुष्टि भएको प्रहरी प्रवक्ता निरज बहादुर शाहीले बताए ।
‘आज २७ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । पुष्टि भएका सबै मेकानीक्स र ड्राइभरहरु छन्,’ प्रवक्ता शाहीले लोकान्तरसँग भने ।