
पत्रकार तथा गायिका ईश्वरी बरालको ‘हरेक रात सपनीमा हुन्छु तिम्रै रानी’ बोलको लोक आधुनिक गीत सार्वजनिक भएको छ ।
गीतकार क्षितिज समर्पणको शब्द र संगीतकार राजकुमार शाहीको संगीत संयोजन रहेको सो गीत एक्का कम्पनीको युट्युब च्यानलमार्फत मंगलवार सार्वजनिक गरिएको छ ।
सञ्जय हमालले एरेन्ज गरेको गीतको सम्पादन पनि राजकुमारले गरेका छन् । डान्सिङ विधाको गीत युवायुवतीको मायाप्रेममा आधारित छ ।
गायिका बराल, रचनाकार क्षितिज समर्पण र संगीतकार शाही पत्रकारिता क्षेत्रमा सक्रिय छन् । बरालले यसअघि ‘लभ पर्न सक्छ’ बोलको गीतमा स्वर दिएकी थिइन् ।