०८ साउन २०८३, शुक्रबार

विवादास्पद ‘मास्टर्नी’ गीत तुरुन्त बन्द गर्न शिक्षक महासंघको चेतावनी

साउन १, २०८३
काठमाडौं
विवादास्पद ‘मास्टर्नी’ गीत तुरुन्त बन्द गर्न शिक्षक महासंघको चेतावनी

नेपाली चलचित्र 'मास्टर्नी'को प्रचारका लागि सार्वजनिक गरिएको प्रमोसनल गीत विवादमा फसेको छ। महिला शिक्षकलाई लक्षित गरी अमर्यादित शब्द र भाव प्रयोग गरिएको भन्दै नेपाल शिक्षक महासङ्घले आपत्ति जनाएको हो । महासंघले विज्ञप्ति जारी गर्दै गीतले शिक्षक र शिक्षण पेसाको गरिमामाथि गम्भीर प्रहार गरेको ठहर गरेको छ । 

गीतलाई तुरुन्त बन्द गर्न तथा चलचित्रमा प्रयोग नगर्न महासंघले आग्रह गरेको छ । 'महिला शिक्षकप्रति लक्षित अमर्यादित शब्द र भाव संयोजन गरिएको त्यो गीतले शिक्षक र शिक्षण पेसाको गरिमा माथि गम्भीर प्रहार गरेको छ। त्यसैले उक्त गीतलाई तुरुन्त बन्द गर्न तथा चलचित्रमा प्रयोग नगर्न हामी सम्बन्धित पक्षसँग आग्रह गर्दछौं,' विज्ञप्तिमा भनिएको छ । 

यदि गीतलाई निरन्तरता दिइएमा आउन सक्ने परिस्थितिको जिम्मेवारी निर्माण पक्षले नै लिनुपर्ने महासङ्घले चेतावनीसमेत दिएको छ। विज्ञप्तिमा अगाडि भनिएको छ, 'त्यो गीतले निरन्तरता पाएमा त्यसबाट उत्पन्न हुनसक्ने असहज परिणामप्रति चलचित्र निर्माता र त्यससँग सम्बन्धित कलाकारहरू नै जिम्मेवार हुने कुराप्रति समेत सचेत गराउँछौं।'

गायिका बबिना किराती र गायक दुर्गेश थापाको स्वर रहेको गीतको शब्द, दृश्य र प्रस्तुतिलाई लिएर चौतर्फी विवाद उत्पन्न भएको हो । भिडियोमा अभिनेत्री प्रियंका कार्की र दुर्गेश थापाको अभिनय तथा नृत्य रहेको छ।

कला समीक्षक प्रकाश सायमीले सामाजिक सञ्जालमा एक लामो टिप्पणी लेख्दै गीतलाई 'कला' नभई 'रद्दी व्यवसायको भद्दा रूप'को संज्ञा दिएका छन्।

null
 

salt training

कमेन्ट गर्नुहोस्