
काठमाडौं, १९ वैशाख — बलिउड अभिनेता आमिर खानले फिल्म प्रवर्द्धन गर्नका लागि अनेक हत्कण्डा अपनाइरहेका हुन्छन् ।

हालै उनले अर्का अभिनेता सुशान्त सिंह राजपुतसँग फोटो खिचेका छन् । फोटोमा उनले नाक छेडेर फुली लगाएको देखिन्छ ।
सुशान्तको इन्स्टाग्राममा अपलोड गरिएको तस्वीरलाई हेर्दा उनी आउने फिल्म ठग्स अफ हिन्दोस्तानका लागि नयाँ भेष धर्दैछन् भनी अड्कल लगाउन सकिन्छ ।
वास्तविकता के हो बिस्तारै खुल्ला तर आमिर खानले आफ्ना फिल्ममा नयाँ नयाँ लूक परीक्षण गरिरहेका हुन्छन् ।
पीकेमा उनी पूरै नांगिएका थिए र गुप्तांगलाई रेडियोले छोपेका थिए ।
गजनीमा अचम्मको हेयरस्टाइल राखेका थिए र शरीरभरि अस्थायी ट्याटू टाँसेका थिए । अनि दंगलमा उनले भुँडी बढाएका थिए । अझ भुँडी घटाएर स्लिम भएको कुरा पनि उनले तस्वीरमार्फत सार्वजनिक गरेका थिए ।
एजेन्सी