३० असार २०८३, मंगलबार

भारतमा जिम क्लब खोल्न अनुमति

साउन १४, २०७७
भारतमा जिम क्लब खोल्न अनुमति
फाइल फोटो।

भारतले कोरोना संक्रमणको क्रममा अनलक-३ को नयाँ मापदण्ड जारी गरेको छ।

गृह मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार ५ अगस्तबाट जिम क्लब खोल्न अनुमति दिइएको छ। र, भारतमा रात्रीकालीन कर्फ्यू पनि हटाइएको छ।  

जिम क्लब खुले पनि भाैतिक दूरी कायम गर्न भनिएकाे छ भने मास्क, स्यानिटाइजरकाे प्रयाेगमा कडाइ गरिने भएकाे छ।

यद्यपि, स्कुल कलेज, मेट्रो, रेल र सिनेमा घरमा लागेको प्रतिबन्ध कायमै छ।
 भारतले लकडाउन यसअघि नै हटाइसकेकाे छ।

भारतमा ‘कोभिड १९’ सङ्क्रमितको संख्या १५ लाख नाघेको छ। गत २४ घण्टामा भारतका ४८ हजार ५१३ मा कोरोना भाइरस पोजेटिभ देखिएपछि  कुल सङ्क्रमितको संख्या १५ लाख ३१ हजार ६६९ पुगेको त्यहाँको केद्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ। 

भारतमा गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ७६८ जनाको मृत्यु भएपछि  कुल मृतकको संख्या ३४ हजार १९३ जना पुगेको छ । 

salt training

कमेन्ट गर्नुहोस्