०९ साउन २०८३, शनिबार

काठमाडौंको मेयरका लागि कांग्रेसबाट राजुराज जोशीको उम्मेदवारी दर्ता

कात्तिक २०, २०७४
काठमाडौंको मेयरका लागि कांग्रेसबाट राजुराज जोशीको उम्मेदवारी दर्ता

काठमाडौं १९ वैशाख– काठमाडौं महानगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसले राजुराज जोशीलाई उम्मेदवार बनाएको छ । कांग्रेस नेताहरुले पौने ५ बजे राष्ट्रिय सभागृहस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर जोशीको उम्मेदवारी दर्ता गरेका हुन् ।

लामो छलफल पछि काग्रेसले जोशीलाई मेयरको उम्मेदवार बनाएको हो । जोशी उद्योग मन्त्री नवीन्द्रराज जोशीका दाइ हुन् । उम्मेदवारी दर्ता गरेपछि उनले काठमाडौंको मेयरमा आफूले चुनाव जित्ने दावी गरेका छन् ।

कांग्रेसले काठमाडौंको उपमेयरमा हरिप्रभा डंगोललाई उपमेयरको उम्मेदवार बनाएको छ । गत संविधानसभा निर्वाचनमा काग्रेसले काठमाडौंका ६ सिटमा चुनाव जितेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्