१० असार २०८३, बुधबार

उत्तर कोरियाले कुनै पनि बेलामा आणविक परीक्षण गर्ने धम्की दियो

कात्तिक २०, २०७४
उत्तर कोरियाले कुनै पनि बेलामा आणविक परीक्षण गर्ने धम्की दियो

काठमाडौं, १९ वैशाख — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाप्रति आक्रामक रवैया अपनाएको प्रतिक्रियास्वरूप उक्त देशले आणविक हतियार कार्यक्रमको गति बढाउने र कुनै पनि समयमा आणविक परीक्षण गर्ने धम्की दिएको छ ।


अमेरिकी सैनिक अधिकारीहरूले दक्षिण कोरियामा विवादास्पद थाड क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली सञ्चालनमा आएको बताएपछि उत्तरको यस्तो धम्की आएको हो । थाडले उत्तर कोरियाली क्षेप्यास्त्र पत्ता लगाएर बीचमै तुहाइदिने क्षमता राख्छ ।

अमेरिकाको ‘आक्रामकता’ र ‘पागलपन’ कायम रहँदा आफूले आणविक परीक्षणलाई निरन्तरता दिने उत्तरले प्रतिज्ञा गरेको छ । दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यासका कारण कोरियाली प्रायद्वीपमा ‘आणविक युद्धको स्थिति’ आएको उत्तर कोरियाको भनाइ छ ।

अमेरिकी जलसेनाले विमानवाहक युद्धपोत र पनडुब्बी उक्त क्षेत्रमा तैनाथ गरेको छ ।

द गार्डियनबाट

salt training

कमेन्ट गर्नुहोस्