बलिउड अभिनेता सुशान्त सिंह राजपूतले डेढ महिनाअघि आत्महत्या गरेपछि उनका प्रशंसकहरू अहिलेसम्म स्तब्ध छन् ।
उनी के कारणले गर्दा आत्महत्या गर्न बाध्य भए भनी प्रशंसकहरूले जान्न चाहेका छन् । सीबीआईले यसमा अनुसन्धान गर्नुपर्ने भनी आवाजहरू उठ्न थालेका छन् ।
सुशान्तका पिता केके सिंहले पटनाको राजेन्द्र नगर प्रहरी चौकीमा उजुरी समेत दायर गरेका छन् । पटनाबाट चारजना प्रहरी मुम्बई पठाइएको छ ।
प्रहरीले मुम्बई क्राइम ब्रान्चका प्रहरीहरूसँग कुराकानी गरे र अंकिता लोखन्डे तथा मीतु सिंहसँग सोधपुछ गरे ।
मीतु सिंह सुशान्तकी दिदी हुन् । उनले बिहार प्रहरीलाई स्तब्ध बनाउने खुलासाहरू गरिन् । सुशान्त तीन महिनादेसख निकै पीडामा रहेको उनले बताइन् ।
सुशान्तकी प्रेमिका रिया चक्रवर्तीले आफूलाई निकै मानसिक यातना दिने गरेको सुशान्तले बताएको मीतुको भनाइ छ ।
रियाले सुशान्तको परिवारसँग धेरैपटक भेटघाट गरेर निकटता बढाएको उनले बताइन् । त्यसपछि रिया सिंह परिवारको सदस्य बन्न चाहेकी थिइन् ।
रियाले नै सुशान्तलाई काप्री हाइट्समा रहेको घरबाट कार्टर्स रोडमा रहेको मों ब्लाँमा बस्न लगेको मीतुले बताइन् । सुशान्तको मृत्यु त्यहीँ नै भएको थियो ।
फेब्रुअरी महिनादेखि रियाले सुशान्तको बैंक खाता, डेबिट कार्ड र क्रेडिट कार्डमा कब्जा जमाएकी थिइन् ।