२३ असार २०८३, मंगलबार

यी हुन् स्वर्गबाट आएका घोडा, सुन्दरताको बखान गरेर साध्य छैन

कात्तिक २०, २०७४
यी हुन् स्वर्गबाट आएका घोडा, सुन्दरताको बखान गरेर साध्य छैन

हुन त संसारमा अनेक प्रजातिका घोडा भेटिन्छन् । तर तीमध्ये कुनै घोडा चाहिँ असाध्यै सुन्दर हुन्छन् ।


यहाँ चर्चा गर्न लागिएको घोडालाई संसारकै सुन्दर जनावर मानिएको छ । अखाल टेके नामले प्रसिद्ध यी घोडाहरू सुनौलो रंगका हुन्छन् र यिनलाई मानिसहरूले जनावरको दुनियाँका सुपरमोडल मान्छन् ।

उज्यालोमा त यी घोडाहरू झनै सुन्दर देखिन्छन् ।

यी घोडाहरू रुस र तुर्कमेनिस्तानमा मात्र पाइन्छन् र तुर्कमेनिस्तानका मानिस त यिनलाई त्यहाँको राष्ट्रिय खजाना नै मान्छन् । चीनमा चाहिँ यिनीहरूलाई स्वर्गबाट आएका घोडा वा सुनका घोडा भनिन्छ ।


सुन्दर हुनुका साथै यी घोडाहरू बलिया र फुर्तिला पनि हुन्छन् । जुनसुकै मौसममा पनि यिनीहरू रमाउन सक्छन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्