
काठमाडौंको कमलादीमा सुन, चाँदी र पेस्तोलको झोला फालेर भागेको भनिएको स्कार्पियो फेला परेको छ ।
बा६च ५५१९ नम्बरको स्कोर्पियो नख्खीपोटस्थित निमार्णाधीन घरमा लुकाएर राखेको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी राजकुमार केसीले जानकारी दिए ।
फेला परेको स्कोर्पियो प्रक्रिया पुर्याएर ल्याउन लागिएको डीएसपी केसीले बताए । स्कोर्पियो फेला परेको ठाउँबाट अन्य कुनै पनि शंकास्पद वस्तु फेला नपरेको परिसरले जनाएको छ ।