०२ साउन २०८३, शनिबार

टिकटकमा अश्लीलता फैलाएको आरोपमा इजिप्टकी महिलालाई ३ वर्षको कारावास सजाय (भिडियो)

साउन १५, २०७७
टिकटकमा अश्लीलता फैलाएको आरोपमा इजिप्टकी महिलालाई ३ वर्षको कारावास सजाय (भिडियो)

इजिप्टको एक अदालतले बुधवार एक महिलालाई टिकटकमा भिडियो राखेर अश्लीलता फैलाएको आरोपमा कारावास सजायको आदेश दिएको छ । 

विगत एक हप्तामा यस्तो किसिमको सजाय पाउने उनी छैठौं महिला हुन् । 
 

मनार सामी नामक ती महिलालाई तीन वर्षको कारावास सजाय दिइएको हो । इजिप्टका लोकप्रिय सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमाथि अदालतले गरेको कारवाहीको पछिल्लो कडीमा सामी परेकी हुन् । 

आफ्ना भिडियोमार्फत अश्लीलता, अनैतिकता र कामभावना जगाउने क्रियाकलाप गरेको आरोपमा सामीलाई यसै महिनाको आरम्भतिर पक्राउ गरिएको थियो । 

उनले लोकप्रिय संगीतमा नाचेको अनि ओठ चलाएको भिडियोले सामाजिक मर्यादामा आघात गरेको र वेश्यावृत्ति गर्ने लक्ष्य लिएको अदालतको भनाइ छ । 

न्यायिक स्रोतका अनुसार, यस आदेशलाई पुनरावेदन गर्न सकिनेछ । 

सामीका वकिल हानी बास्योनीले अगस्ट १५ मा पुनरावेदनको सुनुवाइ हुने बताए । 

salt training

कमेन्ट गर्नुहोस्