
बिहीवार दक्षिण कोरियाबाट ४ जना कोरियन नागरिकसहित २ सय ४८ जना नेपाल आएका छन् । कोरियन एयरलाइन्सको केई ९६९५ जहाजमार्फत् नेपाल आउन चाहनेहरूलाई नेपाल ल्याइएको हो ।
विमानमा नेपालीको २ शव पनि थिए । बिहान ८ बजेर २६ मिनेटमा उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरले जनाएको छ ।
आजै संयुक्त अरब इमिरेट्स (युएई)को शारजहाँबाट पनि जी९ १७५१ फ्लाइट नम्बरबाट ४ बजेर ५३ मिनेटमा अर्को जहाज अवतरण भएको छ । सीसीएमसीले भने उक्त जहाजमार्फत आउनेको विवरण प्राप्त हुन बाँकी रहेको जनाएको छ ।
हालसम्म सीसीएमसीले विदेशबाट ३५ हजार ८ सय ४ जनाको उद्धार गरिसकेको छ ।
हेर्नुहोस् विवरण -