
काठमाडौं, १८ बैशाख — चलचित्र प्रेमगीतको सफलतापछि हौसिएको निर्माण टिमले ‘प्रेम गीत २’ को बनाएको छ । यसैको टाइटल गीत ‘कहानी यो प्रेमगीतको’ बोलको गीतमा कभर गीत प्रतियोगिता आयोजना गरेको छ ।
विश्वभर फैलिएका सबैले प्रतियोगितामा भाग लिन सक्नेछन् । यसका लागि जस्तो खालको संगीतमा पनि गायकले कभर गीत गाउन सक्ने निर्देशक रामशरण पाठकले जानकारी गराएका छन् ।
असार २० गतेसम्म आफूले गाएको गीतको लिंक र व्यक्तिगत विवरण मा इमेल गर्न सकिने आयोजकले जनाएको छ । युट्युव भिउजका आधारमा १० जना र निर्णायक मण्डलले चयन गरेका पाँच गरी १५ जनाको अन्तिम चरणमा पुग्नेछन् । छानिएका प्रतियोगीले गीत गाएका आधारमा विजेता घोषणा गरिनेछ ।
कभर गीत प्रतियोगिताका विजेताले नगद २ लाखसहित आशुतोष व्यानरमा निर्माण हुने चलचित्रमा गीत गाउने अवसरसमेत पाउनेछन् ।