
कोरोना भाइरसका संक्रमित बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय मोरङले स्वास्थ्य, सुरक्षा र यातायातसँग सम्बन्धित मापदण्ड अनिवार्य पालना गर्न आह्वान गरेको छ।
जिल्लास्थित कोभिड १९ संकट व्यवस्थापन समितिको बिहीबारको बैठकले कोरोना संक्रमणलाई नियन्त्रण गर्न न्यूनतम २ मिटरको भौतिक दूरी कायम गरी मास्क र स्यानिटाइजरको अनिवार्य प्रयोग गर्नुपर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।
सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवकुमार खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘यस आदेशको अपहेलना गर्ने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० बमोजिम १ महिनासम्म कैद वा १ सय रुपैयाँसम्म जरिवाना हुने’ उल्लेख छद्ध। ्त्यसैगरी, यी काममा बाधा पुर्याउनेलाई ६ महिनासम्म कैद वा ६ सय रुपैयाँसम्म जरिवानाको चेतावनी दिइएको छ।