२६ असार २०८३, शुक्रबार

असईविरुद्ध विशेष अदालतमा मुद्दा

असईविरुद्ध विशेष अदालतमा मुद्दा

 अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना प्रहरी सहायक निरीक्षक (असई) विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

घुससहित पक्राउ परेका सर्लाहीको गौरिशंकरस्थित प्रहरी चौकीका असई रामविश्वास राय यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।

यादवले सेवाग्राहीसँग चेकजाँचका क्रममा नियन्त्रणमा लिइएको मोटरसाइकल छुटाइदिने भन्दै पाँच हजार घुस लिएको आरोप अख्तियारले लगाएको छ। 

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजायको मागदाबी लिई मुद्दा दायर गरिएको जनाइएको छ। 

salt training

कमेन्ट गर्नुहोस्