
नेपाल सेनाको सैनिक कल्याणकारी काेषकाे कूल पुँजी ५१ अर्ब ६१ करोड ४ लाख रुपैयाँ पुगेको छ ।
यसअन्तर्गत लगानी ५ अर्ब ७४ करोड २४ लाख रुपैयाँ रहेको छ ।
काेषको विभिन्न बैंकहरूमा गरी ४५ अर्ब ८६ करोड ८० लाख रुपैयाँ नगद मौज्दात रहेको सेनाले जनाएको छ ।
क वर्गका बैंकमा कोषको कोषको ४५ अर्ब ५१ करोड रुपैयाँ नगद मौज्दात रहेको छ ।