
नेपाली सेनाका उपरथी ईश्वर हमालले मध्यपूर्वको गोलानहाइटस्थित संयुक्त राष्ट्रसंघीय शान्ति मिसनको हेड अफ मिसन र फोर्स कमान्डरको जिम्मेवारी सम्हालेका छन्।
उनले हालै मात्र उक्त मिसनको कार्यभार बुझेको जंगीअड्डाले जनाएको छ।
उक्त कमाण्ड बुझबुझारथ कार्यक्रममा शान्ति सैनिकको एक टुकडीले उनलाई सम्मान गारत अर्पण गरेको थियो।
उपरथी हमालले मिसनका लक्ष्यहरु हासिल गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै सबैको सहयोगको अपेक्षा रहेको बताए ।
सिरियाको शान्ति स्थापनार्थ हाल नेपाली सेनाका प्राविधिक स्टाफ अधिकृतसहित सैनिक अहिले पनि तैनाथ छन् ।
संयुक्त राष्ट्रसंघको मुख्यालयले उपरथी हमाललाई उक्त पदका लागि गत फागुन १२ गते नियुक्त गरेकाे थियाे।