गुल्मीको रूरू क्षेत्र गाउँपालिका-५ बम्घा आटीपाटा (उल्लीखोला) पहिरोले एउटा घर पुरेकाे छ।
अविरल वर्षासँगै शुक्रबार राति पहिरो खस्दा एकै परिवारका चार जना पुरिएका छन्।
पहिरोले राजु माझीको घर पुर्दा उनकी श्रीमती विना माझी, १२ वर्षभन्दा कम उमेरका दुई छोरा सागर र हेमन्त पुरिएकाे वडा नम्बर ५ का वडाध्यक्ष हरि ज्ञवालीले जानकारी दिए।
राजु रोजगारीको सिलसिलामा भारतमा छन्।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले रुरु पहिराेमा पुरिएर चार जनाकाे ज्यान गएकाे पुष्टि गरेका छन्। शुक्रबार मध्यराति ट्वीट गर्दै उनले आँटीपाटामा विना माझी र ३ नाबालक सन्तानको भर्खरै निधन भएको खबरले दुखित भएको' बताएका छन्। उनले उद्धार कार्यमा जुट्न जनप्रतिनिधि, प्रहरी प्रशासन र युवालाई आग्रह पनि गरेका छन्।
गुल्मीका प्रमुख जिल्ला अधिकारी प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माका अनुसार घटनास्थलमा रिडी र श्रृंगा प्रहरी चौकीबाट प्रहरी गइरहेको छ। घटनाको थप विवरण आउन बाँकी छ।
अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा गुल्मीको रूरूक्षेत्र ५ आँटीपाटामा विना माझी र ३ नावालक सन्तानको भर्खरै निधन भएको खबरले दुखित भएको छु । उद्धार कार्यमा जुट्न जनप्रतिनिधिहरू, प्रहरी प्रशासन र युवा साथीहरुलाई आग्रह गर्दछु ।
— Pradeep Gyawali (@PradeepgyawaliK) July 31, 2020