०२ असार २०८३, मंगलबार

सशस्त्र प्रहरीका थप १७ जनामा कोरोना संक्रमण पुष्टि

साउन १७, २०७७
सशस्त्र प्रहरीका थप १७ जनामा कोरोना संक्रमण पुष्टि

इलाममा सशस्त्र प्रहरीका १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

४० जना सशस्त्र प्रहरीको स्वाब संकलन गरी पठाइएकामध्ये झण्डै आधामा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य कार्यालय इलामका प्रमुख वृजकुमार दासका अनुसार साउन १३ गते उनीहरूको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो ।
     
यसअघि १० सशस्त्र प्रहरीमा नै कोरोना संक्रमण पुष्टि भइसकेको छ । हालसम्मका सशस्त्र प्रहरीका २७ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

इलाम नगरपालिकाका ८९ जनाको स्वाब संकलन गरेर पठाइएको छ । जिल्लाभरमा १६० जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल व्यक्ति विमल बरालले बताए ।

बाँकी सशस्त्र प्रहरीको स्वाब संकलनको तयारी भइरहेको बताइएको छ । शनिवार पोजेटिभ देखिएका सबैलाई थप उपचारका लागि मोरङस्थित गोठगाउँमा लैजाने तयारी भइरहेको छ ।

यसअघि संक्रमण फेला परेकाहरूको सोही अस्पतालमा उपचार भइरहेको छ । योसँगै इलाममा कोरोना पुष्टि हुनेको संख्या ५७ पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्