३१ जेठ २०८३, आइतबार

पहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई आर्थिक सहयोग

साउन १७, २०७७
पहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई आर्थिक सहयोग
प्रतिकात्मक तस्वीर

पोखरा समाज अस्ट्रेलियाले यस वर्ष जिल्लाका विभिन्न स्थानमा गएको पहिरामा परी अकालमा मृत्यु भएका परिवारलाई राहत स्वरुप आर्थिक सहयोग प्रदान गरेको छ । 

समाजले पोखरा महानगरपालिका–१८ सराङकोट, माछापुच्छ्रे गाउँपालिका–८ खोराकोमुख, हेमजा र लेखनाथ पैतेडाँडाको पहिरोमा मृत्यु भएका १० जनाको परिवारलाई जनही ११ हजार ५०० रुपैयाँका दरले शनिवार राहत दिएको हो ।

समाजका अध्यक्ष राजु अधिकारीले संकलन गरी पठाएको रकम पोखरा–१८ का वडाध्यक्ष रणबहादुर थापा, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष त्रिभुवन पौडेल, अखिल नेपाल फूटबल संघ (एन्फा) गण्डकीका अध्यक्ष धर्मसिंह लामिछाने, नेपाली कांग्रेसका स्थानीय नेता शिव तिमिल्सिना लगायतले मृतकका परिवारलाई हस्तान्तरण गरेका थिए ।

सराङकोटमा ५, माछापुच्छ्रेमा ३ तथा हेमजा र लेखनाथमा गरी १/१ जनाको पहिरामा परी मृत्यु भएको थियो । पत्रकार महासंघ प्रदेशका अध्यक्ष पौडेलले विपद्को घडीमा जन्मभूमिलाई सम्झेर पीडित परिवारलाई मलम पट्टी लगाउने र पीडामा साथ दिने काम गरेकामा समाजलाई धन्यवाद व्यक्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्