०२ असार २०८३, मंगलबार

आईजीपी नियुक्ति विवादको सुनुवाइ स्थगित

कात्तिक २०, २०७४
आईजीपी नियुक्ति विवादको सुनुवाइ स्थगित
काठमाडौँ, २० वैशाख - सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति विवादसम्बन्धी मुद्दाको पूर्व निर्धारित पेसी भए पनि मङ्गलबार सुनुवाइ हुन सकेन । मुद्दाका पक्षहरूले लिखित जवाफको म्याद गुजारे पनि थप म्याद नहुने गरी त्यस मुद्दाको मङ्गलबार पूर्ण इजलासमा सुनुवाइ हुने गरी गत चैत ३० गते आदेशसहित पेसी तोकिएको थियो । तर, मङ्गलबारको दैनिक पेसी सूचीमा स्थगित भएपछि सुनुवाइ हुन सकेन, गोरखापत्रमा खबर छ  ।
सर्वोच्चका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले मुद्दाको सुनवाइ स्थगित भएको जानकारी दिए । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले गम्भीर विषय सामेल भएको भन्दै मुद्दाको पेसी मङ्गलबारका लागि तोकेको थियो ।
अदालतले पक्षहरूलाई पेसीसमेत स्थगित नहुने आदेशमा नै उल्लेख गरेको थियो । विवादित प्रहरी महानिरीक्षक (आइजीपी) प्रकरणमा सर्वोच्चले यसअघि डीआईजीको कार्यसम्पादन मूल्याङ्कन पुनः पेस गर्न आदेश गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्