२५ असार २०८३, बिहीबार

कोलम्बियामा कोरोनाबाट जोगिन बनाइयो हेल्मेट (भिडियो)

साउन १८, २०७७
कोलम्बियामा कोरोनाबाट जोगिन बनाइयो हेल्मेट (भिडियो)

कोलम्बियामा कोरोनाभाइरस संक्रमणबाट बच्नका लागि इन्जिनीयरहरूले अन्तरिक्षयात्रीले लगाउने जस्तो विशेष हेल्मेट डिजाइन गरेका छन् ।

सबभन्दा बढी जोखिममा रहेका मानिसले प्रयोग गरून् भनी यो हेल्मेट बनाइएको एयरोनटिकल इन्जिनीयर आन्द्रेस फेलिपे गिराल्डोले बताए । 
 

हेल्मेटका सहसर्जक रिकार्डो आन्द्रेस कोन्देले आफूलाई रोगबाट बचाउन चाहने जोकोहीलाई यो हेल्मेट सही हुने बताएका छन् । 

कोरोनका कारण कोलम्बियामा १० हजारभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । 

कोरोनाबाट जोगिनका लागि मास्क लगाउने विषयमा संसारभरि बहस चलिरहेको छ । यसबाट बच्नका लागि हेल्मेट लगाएर हिँड्न कतिजना तयार होलान् भन्ने प्रश्न चाहिँ छ । 

८४ वटा डिजाइन बनाएर ती सबै अस्वीकृत भएपछि बल्ल यो डिजाइनमा आएको इन्जिनीयरहरूले बताए । 
 

हेल्मेट प्लास्टिकले बनेको छ । यसमा भएको फिल्टर र ब्याट्रीले भित्रपट्टि सफा र स्वच्छ हावाको प्रवाह गराउँछ । 
 

हेर्दाखेरी यो ठूलो र भारी जस्तो देखिएपनि यसको तौल जम्मा ६५० ग्राम छ । 
 

हेल्मेटको मूल्य लगभग १३० डलर छ ।
 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । 

salt training

कमेन्ट गर्नुहोस्