२३ जेठ २०८३, शनिबार

तारमा अल्झिएपछि हावामा उडे यी व्यक्ति, बज्रिए महिलामाथि (भिडियो)

कात्तिक १६, २०७७
तारमा अल्झिएपछि हावामा उडे यी व्यक्ति, बज्रिए महिलामाथि (भिडियो)

भारतको एक सडकमा हिँडिरहेका बेलामा एक व्यक्ति अचानक ३० फीट माथि उड्दै एक महिलामाथि बज्रिएका छन् । 

हिँड्दै गर्दा उनले तार टेक्न पुगेका थिए र उक्त तारलाई एउटा बाइकले लतारेको थियो । 

सीसीटीभी फूटेजमा ती व्यक्ति तारमा अल्झिएर मोटरसाइकलले लतारेपछि हावामा हुर्रिएको देखिन्छ ।

उनी हावामा उड्छन् अनि सडकको अर्को छेउमा हिँडिरहेकी महिलामाथि बज्रिन पुग्छन् । 

पुरुष र महिलालाई अनौठो दुर्घटनाले चोटपटक लगाउँछ । 

शुरूमा ती व्यक्ति सडकछेउमा पार्क गरेर राखिएको हरियो पहेंलो रिक्साबाट निस्केको देखिन्छ । त्यसैबेलामा एक ट्य्राक्टर र दुई मोटरसाइकल गइरहेका हुन्छन् । 

एउटा बाइक सडकमा फालिएको तारमाथि दौडिन्छ । त्यही बेलामा तार टेक्न पुगेका व्यक्ति हावामा हुर्रिन्छन् । 

तारले उनलाई पेटमुनिबाट उचाल्छ र महिलातर्फ हुर्‍याइदिन्छ । 

महिलाले पुरुष उड्दै आफूतिर आएको त देख्छिन् तर जोगिन समय पाउँदिनन् । 

घटना १६ दिन अघि बिहान पौने १२ बजेतिर भएको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्