
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिका र जेष्ठ नागरिकलाई घर बाहिर ननिस्कन आह्वान गरेको छ।
काठमाडौं उपत्यकासहित मुलुकभर कोरोना संक्रमितको संख्या बढ्न थालेपछि मन्त्रालयले १२ वर्ष मुनिका बालबालिका र ६० वर्षमाथिका जेष्ठ नागरिकलाई घर बाहिर नस्किन आग्रह गरेको हो।
नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं तथा धेरै जनधनत्व भएको ठाउँहरुका मानिस घर बाहिर ननिस्कन आग्रह गरे।
आइतबार २ सय ४६ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै देशभर २० हजार ३ सय ३२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।