
सिन्धुपाल्चोकको मेलम्चीमा पहिरो जाँदा ८ जना बेपत्ता भएका छन् भने १ जनाको जिवितै उद्दार गरिएको छ ।
१ जनाको जिवितै उद्धार गरि उपचा।का लागि धुलिखेल अस्पताल, धुलिखेलमा पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी प्रज्वल महर्जनले लोकान्तरलाई जानकारी दिए ।
मेलम्ची–११ मेलम्ची बजारमा कभर्डहल निर्माण गर्ने कामदार बसेको घर बिहान २ बजे पहिरोले पुरिँदा आठ जना बेपत्ता भएका हुन् ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बेपत्ताको खोजी जारी राखेका छन् ।