२८ असार २०८३, आइतबार

कपिलको शोमा देखापरेका दुई कलाकारले बिहे गर्ने

कात्तिक २०, २०७४
कपिलको शोमा देखापरेका दुई कलाकारले बिहे गर्ने

काठमाडौं, २० वैशाख — द कपिल शर्मा शोमा टिचर विद्यावतीको भूमिका खेलेकी सुगन्धा मिश्राले यसै शोमा देखापरेका डा. संकेत भोसलेसँग विवाह गर्ने भएकी छन् ।


शोमा सञ्जय दत्तको नक्कल उतारेर दर्शक हँसाएका भोसले मेडिकल डाक्टर हुन् । एक वर्षदेखि उनीहरू डेटिङ गर्दै थिए । सुगन्धाले नै संकेतलाई कमेडी शोमा ल्याएकी थिइन् ।

मनोरञ्जन उद्योगमा सुगन्धा सर्वाधिक लोकप्रिय हास्यकलाकारमा पर्छिन् । सन् २००५ मा द ग्रेट लाफ्टर च्यालेन्जबाट टिभीमा देखापरेकी सुगन्धाले अहिले त कपिलको शो छोडिसकेकी छन् ।

संकेतलाई कपिलको शोमा आउने मौका सुगन्धाले नै दिएकी थिइन् । केही एपिसोडमा मात्र देखा परेपनि संकेत निकै हिट भए ।

उनको कमिक टाइमिङ गजबको छ । शोमा आएका सेलेब्रिटीले उनको अभिनय मन पराएका थिए ।

सुगन्धा र संकेत एकअर्कासँग नजिक रहेको एक वेबसाइटले दाबी गरेको छ । त्यतिमात्र नभई उनीहरू आफ्नो सम्बन्धलाई लिएर गम्भीर पनि छन् ।

खबरहरूका अनुसार यी दुवैले जीटिभीको समर एक्सप्रेस २०१७ नामक शो चलाउनेछन् । सुनिल ग्रोवर पनि शोमा देखिन सक्छन् । सुगन्धा आफ्नो प्रेमी संकेत हास्यदुनियाँमा छाओस् भन्ने चाहन्छिन् ।

दैनिक भास्करबाट

salt training

कमेन्ट गर्नुहोस्