सर ब्रुनो स्टम्पकिन्स नामक बिरालोले खेलौनामा बक्सिङको प्राक्टिस गरेको भिडियो सार्वजनिक भएको छ ।
इन्स्टाग्राममा अगस्ट ३ मा पोस्ट गरिएको भिडियोमा ब्रुनो मार्बलको भुइँमा कोठाभित्र उभिएको देखिन्छ । एकजना मानिसले चिकेन ड्रमस्टिकको आकारको खेलौना हातमा झुण्ड्याएको देखिन्छ ।
उसले त्यो खेलौना बिरालोको अनुहार अगाडि खेलाउँछ । अनि बिरालो पछिल्तिरको खुट्टामा उभिन्छ र साना पञ्जाले खेलौनामा मुक्का बर्साउँछ ।
फोटो तथा भिडियो शेयर गरिएपछि भिडियोले धेरै दर्शकको माया पाएको छ ।