१४ असार २०८३, आइतबार

जुम्लामा ट्राफिक कारबाहीबाट ८ लाख १२ हजार राजस्व सङ्कलन

असार १२, २०८३
जुम्ला
जुम्लामा ट्राफिक कारबाहीबाट ८ लाख १२ हजार राजस्व सङ्कलन
फाइल फोटो

जिल्ला ट्राफिक कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ८ लाख १२ हजार राजस्व सङ्कलन गरेको छ ।

सवारी नियम उलङ्घन, मादकपदार्थ सेवनलगायतका कार्य गरेबापत चालकलाई गरिएको कारबाहीबाट सो परिमाणको राजश्व सङ्कलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक निरीक्षक जगतबहादुर कठायतले जानकारी दिए ।

यस अवधिमा जिल्लामा ६८ वटा सवारी दुर्घटना भएका थिए ।

ती दुर्घटनामा कुनै पनि मानवीय क्षति नभएको जनाइएको छ ।

पछिल्लो समयमा बढिरहेको शहरीकरणले जुम्लामा पनि सवारी साधनको चाप बढ्दै गएको ट्राफिक कार्यालय जुम्लाले जनाएको ।

salt training

कमेन्ट गर्नुहोस्