
काठमाडौं, २० वैशाख — अफगानिस्तानमा रहेको नाटो मिसनको एक समूहमाथि आक्रमण हुँदा कम्तीमा आठजनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

काबुलमा बुधवार भएको उक्त आक्रमणमा परी मृत्यु भएका सबै सर्वसाधारण रहेको एक सरकारी प्रवक्ताले बीबीसीलाई बताए । अन्य करीब २५ जना घाइते भएका थिए ।
बिहानको व्यस्त समयमा अमेरिकी राजदूतावासनजिकै विस्फोट भएको एएफपी समाचार संस्था जनाउँछ ।
सैन्य गाडीमा कसले आक्रमण ग–यो भन्ने खुलेको छैन । कुनै समूहले अहिलेसम्म आक्रमणको जिम्मेवारी लिएको छैन ।
बीबीसीबाट