काठमाडौं, २० वैशाख - स्थानीय निर्वाचनमा धादिङमा एमाले उम्मेदवारको रुपमा चुनाव लड्ने तयारी गरेकी महिलाले झुण्डिएर आत्महत्या गरेकी छन् । धुनीबेसी नगरपालिका वडा नम्बर ३ मा दलित महिला उम्मेदवारको रुपमा उनी चुनाव लड्दै थिइन् । उमेदवार विना मिजारले अात्महत्या गरेकी हुन् ।
उनलाई एमालेले वडा सदस्यको उम्मेदवारको टिकट दिएको थियो । तर उनी बुधवार झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । प्रहरी निरीक्षक जीवन निरौलाका अनुसार उनको मृत्युको कारण खुल्न सकेको छैन ।