काठमाडौं, २० वैशाख– प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुले दर्ता गरेको महाअभियोग प्रस्ताव बिहीबार व्यवस्थापिका संसदमा टेबल हुने भएको छ ।
महाअभियोग संसदमा टेबल भएपछि सभामुख ओनसरी घर्तीले छलफलका लागि समय तोक्ने छिन् ।
गत आइतबार सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रका २४९ सांसदहरुले संयुक्त रुपमा कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।
महाभियोग प्रस्ताव दर्ता भएसँगै अहिले प्रधानन्यायाधीश कार्की निलम्बनमा परेकी छन् ।
