डोल्पा, २० वैशाख– डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको त्रिपुराकोटस्थित निर्वाचन कार्यालयमा काँग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको छ ।
त्रिपुरासुन्दरी नगरपालिका २ को वडाअध्यक्ष र सदस्यमा नेपाली काँग्रेसका तर्फबाट मनोनयन दर्ता गरेका नेत्रबहादुर बुढा थापा र चन्द्रखर बुढाविरुद्ध नेकपा एमालेका कार्यकर्ताहरुले निर्वाचन कार्यालयमा दावी बिरोध दर्ता गर्न गएपछि झडप भएको हो ।
काँग्रेसका उम्मेदवार नेत्रबहादुर बुढा र चन्द्रखर बुढाबिरुद्द दावी बिरोध गर्न एमालेको समुह निर्वाचन कार्यालयमा भित्र पस्न खोज्दा काँग्रेस कार्यकर्ताले दावी बिरोधको पत्र खोसेर च्यातिदिएका थिए । त्यसपछि दुई पक्षबीच झडप भएको निर्वाचन कार्यलय त्रिपुराकोटका निर्वाचन अधिकृत प्रहलाद कुमार कार्कीले जानकारी दिए ।
कांग्रेसका डोल्पा जिल्ला सचिव नयन्द उपाध्यायले नेकपा एमालेका जिल्ला उपाध्यक्ष समेत रहेका तुलाचन्द्र बुढासहितको केहि समुहले निर्वाचन अधिकारीहरुसंग मिलेर गोप्य रुपमा काँग्रेसका उम्मेदवारबिरुद्द दावी बिरोध लागउन थालेको खबर पाएपछि आफूहरु विरोधमा उत्रिएको बताए ।