
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ६ सय ३८ जनामा कोरोना संक्रमण भेटिएको जनाएको छ ।
मंगलवार नियमित पत्रकार सम्मेलनका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ६ सय ३८ जनामा नयाँ संक्रमण भेटिएको जनाएका हुन् ।
यससँगै नेपालमा सक्रिय संक्रमितको संक्या ७ हजार २ सय १ पुगेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएर निको हुनेको संख्या १ सय ७१ रहेको प्रवक्ता डा. गौतमले बताए ।
हालसम्म संक्रमणमुक्त भएर निको हुनेको संख्या १६ हजार ६ सय ६४ रहेको छ ।
डा. गौतमले देशैभर १ सय ८३ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भेटिएको बताए ।