
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म २ सय २४ कोरोना संक्रमित होम आइसोलेसनमा रहेको जानकारी दिएको छ ।
मंगलवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा २ सय २४ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेको र ३ जना भेन्टिलेटरमा रहेको बताएका हुन् ।
उनले नेपालमा ११ सय ३४ आइसीयु बेड रहेको र हालसम्म ८५ संक्रमित आइसीयुमा उपचाररत रहेकोसमेत जानकारी दिए ।
नेपालमा अहिले ५ सय ७६ भेन्टिलेटर रहेकोमा जम्मा ३ जना संक्रमितलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ ।
पछिल्लो २४ घण्टामा १० हजार ४ सय ६२ पीसीआर परीक्षण गरिएको थियो । डा. गौतमका अनुसार ६ सय ३८ संक्रमित थपिएका छन् भने ४ जनाको मृत्यु भएको छ ।
डा. गौतमले पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ सय ७१ रहेको बताए ।