२३ जेठ २०८३, शनिबार

सोती घटनाः मृतकका परिवारलाई प्रतिपरिवार १० लाख उपलब्ध गराउने सरकारको निर्णय

सोती घटनाः मृतकका परिवारलाई प्रतिपरिवार १० लाख उपलब्ध गराउने सरकारको निर्णय

सरकारले पश्चिम रुकुमको चौरजहारी नगरपालिका—८ सोतीमा भएको घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो।

सोमबारको मन्त्रिपरिषद् बैठकले सोती घटनामा ज्यान गुमाउने ६ जनाका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ दिने निर्णय गरेको हो।

गत जेठ १० गते पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा ६ जनाले ज्यान गुमाएका थिए। 
घटनामा जाजरकोटको भेरी नगरपालिका ४ का नवराज विक, गणेश बुढामगर, संजिव विक, भेरी ११ का लोकेन्द्र सुनार, गोविन्द शाही र रुकुम चौरजहारी १ का टिकाराम नेपालीको ज्यान गएको थियो।

यसैगरी, घटनामा १२ जनाको उपचारको खर्च पनि सरकारले व्यहोर्ने निर्णय बैठकले गरेको छ।

घटनामा भेरी ४ का लालबहादुर खड्का, मदन शाह, सरोज भडेल, आशिष विक, सुदिप खड्का, भेरी ३ का विभाग पुन, इन्द्रगंज शाही, भेरी १३ का भोला बिसी, भेरी ११ का गोविन्द सुनार, भेरी ३ का महेश कार्की, सल्यानको कुमाख ४ का डिल्ली विक र बाँकेको राप्ती सोनारी ४ का सुनिल सुनार घाइते भएका थिए। घाइतेको उपचारमा लागेको खर्च बिलका आधारमा सरकारले भुक्तानी गर्ने भएको हो।
 

salt training

कमेन्ट गर्नुहोस्