३२ असार २०८३, बिहीबार

आमिर खानको दंगलले बम्पर ओपनिङ गर्‍यो

कात्तिक २०, २०७४
आमिर खानको दंगलले बम्पर ओपनिङ गर्‍यो
काठमाडौं, ८ पुस – शुक्रवार सार्वजनिक भएको आमिर खानको फिल्म दंगलले बक्स अफिसमा धमाकेदार शुरुवात गरेको छ ।


बिहानकै शोमा ५५ देखि ६० प्रतिशत अकुपेन्सी यो फिल्मले पायो । सन् २०१६ मा सुल्तानले ओपनिङमा ७० प्रतिशत अकुपेन्सी लिएकोमा यो दोस्रो राम्रो आँकडा हो ।

विदेशमा भएका प्रिभ्यु शोहरूमा शुक्रवारअघि नै दंगलले १२ करोड भारतीय रुपैयाँ कमाइसकेको छ ।

ठूला शहरहरू र मल्टिप्लेक्समा दंगलले अहिलेसम्मकै सबभन्दा विशाल ओपनिङ गरेको छ ।

साना शहर र सिंगल स्क्रीनमा भने फिल्मले साधारण ओपनिङ लिएको छ । नोटबन्दी र फिल्मको साधारण संगीतका कारण यसो भएको अनुमान गरिएको छ ।

फिल्मको एड्भान्स बूकिङ नै भारु १५ करोडको थियो ।

फिल्मले राम्रो कमाइ गर्ने संकेत देखिएको छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्