०५ असार २०८३, शुक्रबार

कोरोना अस्पतालको भेन्टिलेटरमा २ जनाको मृत्यु

साउन २८, २०७७
कोरोना अस्पतालको भेन्टिलेटरमा २ जनाको मृत्यु

बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा बुधवार बिहान २ जनाको मृत्यु भएको छ ।

दुवै जना कपिलवस्तुका पुरुष हुन् । अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाका अनुसार मृतकमध्ये १ जना पीसीआर पोजेटिभ र अर्का शंकास्पद बिरामी रहेका छन् । 

डा. थापाले लोकान्तरसँग भने, ‘१ जनालाई २५ गतेदेखि भेन्टिलेटरमा राखिएको थियो । अर्का बिरामी हिजो साँझ आएका थिए । उनलाई पनि भेन्टिलेटरमा राखेका थियौं । आज दुवै जनाका मृत्यु भयो । शंकास्पद बिरामी केही समयअघि भारतको मुम्बईबाट आएका पाइएको छ ।’ दुवै जना गम्भीर अवस्थामा अस्पतालमा आएका थिए ।

शंकास्पद बिरामीको स्वाब संकलन गरी कोभिड–१९ परिक्षणका लागि प्रयोगशाला पठाइएकोमा हालसम्म रिपोर्ट आएको छैन । 

salt training

कमेन्ट गर्नुहोस्