०८ असार २०८३, सोमबार

एक सातापछि बालुवाटारमा ओली–प्रचण्ड भेटवार्ता

एक सातापछि बालुवाटारमा ओली–प्रचण्ड भेटवार्ता
फाइल फोटो

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बालुवाटार पुगेका छन् ।

अघिल्लो साताको मंगलवारयता दुई अध्यक्षबीच भेटवार्ता हुन सकेको थिएन ।

यसक्रममा बुधवार एपीवान टेलिभिजनलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले ५ दिनभित्र सहमति हुने संकेत गरेका थिए ।

आज (बिहीवार)बाट ५ दिनको काउनडाउन नै शुरू गर्न उनले आग्रह गरेका छन् ।

ओलीलाई भेट्न प्रचण्ड बिहान ११ बजेपछि बालुवाटार पुगेको उनका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।

अध्यक्षद्वयबीच सहमति जुट्न नसक्दा असार १० गते शुरू भएको नेकपा स्थायी कमिटी बैठक अलपत्र पर्दै आएको छ ।

साउन ६ गते केही समयका लागि बसेको बैठक त्यसपछि अनिश्चितकालका लागि स्थगित भएको छ । 

केन्द्रीय कमिटी विघटन गरेर महाधिवेशन आयोजक समिति गठन गर्ने विकल्पमा समेत छलफल शुरू भएको नेकपा स्रोतले बतायो ।

salt training

कमेन्ट गर्नुहोस्