२६ जेठ २०८३, मंगलबार

एफवान सफ्टले पायो दक्षिण पूर्वी एशिया व्यापार पुरस्कार

एफवान सफ्टले पायो दक्षिण पूर्वी एशिया व्यापार पुरस्कार

सफ्टवेयरको क्षेत्रमा अग्रणी कम्पनी एफवान सफ्ट इन्टरनेशनललाई दक्षिण पूर्वी एशिया व्यापार पुरस्कारबाट सम्मानित गरिएको छ ।

यो पुरस्कार बेलायतको अग्रणी बिजनेस पत्रिका एपीएसीले दक्षिण एशियाका व्यवसायहरूले विभिन्न क्षेत्रमा सिर्जना गरेको प्रभावका आधारमा हरेक वर्ष प्रदान गर्ने गर्दछ । यो कुनैपनि नेपाली कम्पनीले पहिलो पटक जितेको एक प्रतिष्ठित पुरस्कार हो । 

एफवान सफ्ट ग्रुप अफ कम्पनीका अध्यक्ष विश्वास ढकालले भने,‘हामी हाम्रो प्रयास अनुसार दक्षिण एशियाका प्रतिष्ठित कम्पनीहरू माझ अन्तराष्ट्रिय मान्यता प्राप्त भएकोमा गर्व गर्दछौँ । विश्वलाई विशेषगरी कोरोना भाइरस महामारीको समयमा अझ  नविन सिर्जना गर्ने कम्पनीहरूको आवश्यकता छ ’।  

अवार्ड संयोजक क्याथरिन बेन्टनले पनि एपीएसी इन्साईडरको तर्फबाट एफवान सफ्टलाई बधाई दिएका छन् । 

एफवान सफ्ट नेपालको सबैभन्दा ठुलो र अग्रणी डिजिटल वित्तीय सेवा कम्पनी हो । एफवान सफ्टले इसेवा र फोनपे जस्ता मोबाईल मार्फत हुने भुक्तानी र मोबाईल बैंकिङ सेवाको विकास गरेको छ, जुन नेपालका एक करोड व्यक्तिले प्रयोग गर्दछन् । कम्पनीले ७ सय जनालाई रोजगारी प्रदान गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्