काठमाडौं, २१ चैत – प्रधानन्यायाधीशमाथि महाअभियोग प्रस्ताव ल्याइएकोमा असन्तुष्टि व्यक्त गर्दै उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका नेता विमलेन्द्र निधिले कार्यकारिणी अधिकारबारे प्रश्न उठाएका छन् ।

आजको कान्तिपुर लेख्छ- सभापति लेउवाले आइजिपी नियुक्तिमा प्रधानन्यायाधीश कार्कीले कार्यकारिणी अधिकारमाथि हस्तक्षेप गरेकाले महाअभियोग ल्याउन बाध्य भएको बताइरहेको बेला त्यसको प्रतिवाद गर्दै निधिले निकट नेतासँग भनेका छन्, 'कार्यकारिणी निकाय पार्टी या पार्टीको नेतृत्व हुन्छ कि गृहमन्त्री ? कार्यकारिणीमाथि हस्तक्षेप भएको भनेर गृहमन्त्रीले बोल्ने कि पार्टीले ? पदबाट राजीनामा दिएपनि बुधबारसम्म निधिको राजीनामा भने स्वीकृत भएको छैन ।