०८ असार २०८३, सोमबार

१५ किलो अफिमसहित बर्दियाबाट दुई महिलालाई पक्राउ

असार ७, २०८३
काठमाडौं
१५ किलो अफिमसहित बर्दियाबाट दुई महिलालाई पक्राउ

लागुऔषध नियन्त्रण ब्यूरोले १५ किलो ३४० ग्राम अवैध अफिमसहित बर्दियाबाट दुई महिलालाई पक्राउ गरेको छ।

ब्यूरोको नेपालगञ्ज शाखाबाट खटिएको टोलीले आइतबार दिउँसो बर्दियाको बाँसगढी नगरपालिका–३ बाट सो परिमाणको अफिम बरामद गरेको हो। 

पक्राउ पर्नेमा बर्दिया बढैयातालकी ३० वर्षीया सन्ध्या घर्ती मगर र बाँसगढीकी ४२ वर्षीया मिना रोकाया छन्।

नेपालका पहाडी जिल्लाहरूमा अवैध रूपमा उत्पादन गरिएको अफिम संकलन गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्। उनीहरूको साथबाट दुई थान मोबाइल र ३४ हजार रुपैयाँ नगद समेत बरामद गरिएको छ। 

पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मोतीपुर, बर्दियामा बुझाइएको ब्यूरोले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्