०५ असार २०८३, शुक्रबार

थप ५२५ जनामा कोरोना पुष्टि, कूल २४ हजार ९५७ संक्रमित

थप ५२५ जनामा कोरोना पुष्टि, कूल २४ हजार ९५७ संक्रमित

पछिल्लो २४ घण्टामा थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोभिड संक्रमणको राष्ट्रिय अद्यावधिक विवरण सार्वजनिक गर्दै प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका ३८ प्रयोगशालामा भएको परीक्षणबाट ५२५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

हालसम्म देशभर कूल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको प्रवक्ता गौतमले बताए । यससँगै देशभर सक्रिय संक्रमित ८ हजार २५ जना रहेका छन् भने १६ हजार ८३७ जना डिस्चार्ज भइरहेका जनाइएको छ । पछिल्लो २४ घण्टामा १०९ जना डिस्चार्ज भएका छन् ।

देशभरका क्वारेन्टीनमा १४ हजार ७६९ जना रहेका प्रवक्ता गौतमले जानकारी दिए । ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा पर्सा, रौतहट, महोत्तरी र काठमाडौं रहेका छन् भने संक्रमित शून्य रहेका जिल्ला संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला रहेका छन् ।

देशभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने कूल संक्रमितको संख्या ९५ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले मृतकमध्ये ७३ पुरुष र २२ महिला रहेका जानकारी दिए । पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको हो ।

महोत्तरीको मटिहानीका ४५ वर्षीय पुरुषको रामजानकी अस्पतालमा मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए । उनका अनुसार धनुषाको मिथिलाका ८५ वर्षीय महिलाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा, अछामको रामारोशनका १८ वर्षीय पुरुषको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा र मोरङको विराटनगरका ५७ वर्षीय पुरुषको कोशी अस्पताल विराटनगरमा निधन भएको छ ।

मृतकमध्ये प्रदेश १ का ८ जना, प्रदेश २ का ३९ जना, बाग्मतीका १८, गण्डकीका ६, प्रदेश ५ का १२, कर्णाली ४ र सुदूरपश्चिमका ८ जना रहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्