२९ जेठ २०८३, शुक्रबार

ट्रम्पले राम्ररी कपाल नुहाउन नपाएको गुनासो गरेपछि सरकारले नियम परिवर्तन गर्ने

साउन २९, २०७७
ट्रम्पले राम्ररी कपाल नुहाउन नपाएको गुनासो गरेपछि सरकारले नियम परिवर्तन गर्ने

अमेरिकी सरकारले शावरबाट आउने पानीको मात्रा बढाउनका लागि शावरहेडको परिभाषा परिवर्तन गर्ने प्रस्ताव ल्याएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले राम्ररी कपाल नुहाउन नपाइएको गुनासो गरेपछि यो परिवर्तन ल्याउन लागिएको हो । 

सन् १९९२ मा ल्याइएको एक कानूनअन्तर्गत अमेरिकाका बाथरूममा भएका शावरहेडबाट एक मिनेटमा ९.५ लिटरभन्दा बढी पानी निकाल्न पाइँदैन । 

उपभोक्ता र संरक्षणवादी समूहहरूले यसमा संशोधनको प्रस्ताव अनावश्यक कदम भएको तर्क गरेका छन् । 

ट्रम्पले अघिल्लो महिना गुनासो गरेपछि ऊर्जा मन्त्रालयले कानून संशोधनको प्रस्ताव ल्याएको थियो । 

‘शावरहेडको कुरा नि । नुहाउन जाँदा पानी नै आउँदैन । हात धुन खोज्यो, पानी आउँदैन । के गर्नु गर्नु ? लामो समय शावरमुनि उभिइरहनु त ? किनकि मेरो कपाल पर्फेक्ट हुनुपर्छ । पर्फेक्ट,’ उनले भने । 

ऊर्जा संरक्षण समूह अप्लायन्स स्ट्यान्डर्ड्स अवेरनेस प्रोजेक्टका कार्यकारी निर्देशक एन्ड्रु डीलास्कीले मन्त्रालयको प्रस्ताव मूर्खतापूर्ण भएको बताए । 

‘राष्ट्रपतिलाई मज्जाले नुहाउन मन लागेको भए गजबले पानी फाल्ने शावरहेड किने भैगो नि । बढी पानी नाश गर्ने उपद्रो किन गर्नुपर्‍यो ?’ उनले भने । 

मन्त्रालयको प्रस्ताव कार्यान्वयन गरियो भने पनि अदालतमा त्यसविरुद्ध मुद्दा पर्ने रोयटर्स समाचार संस्थाले लेखेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्