काठमाडौं, २१ वैशाख– प्रधान्यायाधीश सुशीला कार्कीविरुद्ध सत्तासाझेदार दलका सांसदहरुले संसद सचिवालयमा दर्ता गरेको महाअभियोग प्रस्तावले आज संसदमा प्रवेश पाउने भएको छ ।
संसदको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ । आजको बैठकमा महाअभियोग प्रस्ताव टेबल गरिने छ । र, त्यसपछि सभामुख ओनसरी घर्तीले महाअभियोगमाथि छलफलका लागि समय तोक्ने जनाइएको छ ।
सत्तासाझेदार दर नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले गत आइतबार कार्कीविरुद्ध महाअभियोग दर्ता गरेका थिए ।